देवघाट । मंसिर २
देवघाट गाउँपालिका–१, कोटा निवासी खुमराज थापा मगरले ६ हजार ३८ मिटर उचाइको चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।
साहस, मेहनत र दृढ इच्छाशक्तिका साथ थापा मगरले चुलु फार इस्ट हिमालको सफल आरोहण गर्दै देवघाट गाउँपालिकाको नाम हिमालको चुचुरोसम्म पु¥याएका छन् ।

हिमाल आरोहणका क्रममा उनले देवघाट गाउँपालिकाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यसहित गाउँपालिकाको पर्यटकीय स्थलहरू समेटिएको पोस्टरसमेत प्रदर्शन गरेका छन् । त्यस्तै, कोटा मगर समाजको पहिचान झल्किने ब्यानरसमेत हिमालको चुचुरोमा पु¥याएका छन् ।

उनको यस सफलताले देवघाट क्षेत्रको पहिचान, पर्यटन प्रवद्र्धन तथा स्थानीय युवाहरूमा साहसिक गतिविधिप्रतिको प्रेरणा बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङले बताए ।

हिमाल आरोहणसँगै आफ्नो जन्मभूमि देवघाट र कोटा मगर समाजको पहिचानलाई अन्तर्राष्ट्रिय हिमाली क्षेत्रमा पु¥याउने थापा मगरको प्रयास प्रशंसनीय रहेको अध्यक्ष गुरुङले बताए ।












