दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २

नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल फेर्ने प्रवृत्ति विचार वा सिद्धान्तमा आधारित नभई पूर्ण रूपमा अवसरवादी सोचबाट प्रेरित रहेको टिप्पणी गरेकी छिन् । ‘दल बदल्ने केका लागि ?’ शीर्षकको विचार सामाजिक सन्जाल मार्फत सार्वजानिक गर्दै न्यौपानेले राजनीतिक दल परिवर्तन गर्नेहरूको प्रवृत्ति र त्यसको पछाडिको स्वार्थमाथि गम्भीर प्रश्न उठाएकी छिन् ।

प्रायः दल बदल्नेहरूले विचारमा असहमति राखेर आफ्ना कुरा प्रष्ट पारेको विरलै पाइने उनको भनाइ छ । लामो समय कम्युनिष्टमा आवद्ध भएर गैरकम्युनिष्टमा जाने र गैर कम्युनिष्टबाट कम्युनिष्टमा आउने गरेको पनि देखिने गरेको उल्लेख गर्दै उनले दल बदल्ने समय प्रायः निर्वाचन सकिएलगत्तै परिणाम कता छ भन्ने हेरेर वा आगामी निर्वाचन र व्यक्तिगत अवसरलाई केन्द्रमा राखेर तय हुने गरेको बताएकी छिन् ।

दल परिवर्तन गर्दा कतिपयले विगतको दलप्रति धन्यवाद ज्ञापन गरे पनि वैचारिक असहमति स्पष्ट नपार्ने र केहीले नेताले न्याय नगरेको भनी व्यक्तिगत आक्रोश पोख्ने गरेको न्यौपानेले औँल्याएकी छिन् । विगतमा आफू आवद्ध दलले गरेका राम्रो कामको तारिफ गर्ने र तिनै व्यक्ति दल फेरेपछि पुरानो दललाई ‘चोर, ठग र लुटाहा’ भन्दै चर्को रूपमा प्रस्तुत हुने प्रवृत्ति नयाँ दलमा विश्वास दिलाउनका लागि मात्रै हुने उनको तर्क छ । यस्ता दल बदल्नेहरूमा विगतमा अवसर नपाउनेहरू भन्दा अवसर भोगिसकेकाहरू नै बढी हुने गरेको न्यौपानेले दाबी गरेकी छिन् ।

आम नागरिक वा मतदाताको हकमा भने दल वा प्रतिनिधि बदल्नु स्वभाविक भएको उनको बुझाइ छ । ‘मतदाताहरूमा कुनै स्वार्थ हुँदैन, उहाँहरूले जिताएको पार्टीले सोचेजस्तो काम गरेन भने मत परिवर्तन गर्नुहुन्छ, यसमा कसैले मन दुखाउन आवश्यक छैन’ न्यौपानेले भनेकी छिन् । तर नेता तथा कार्यकर्ताहरूले कुनै पद, अवसर प्राप्तिको लालसा वा निर्वाचनको टिकटलाई केन्द्रभागमा राखेर दल बदल्नुले उनीहरू परिवर्तनका पक्षधर नभई स्वार्थी मात्रै भएको देखाउने उल्लेख गरेकी छिन् ।

कसैलाई व्यक्तिगत रूपमा लक्षित वा गुनासो नगरिकन लामो समयको राजनीतिक अनुभवका आधारमा यो प्रवृत्ति चित्रण गरिएको स्पष्ट पार्दै नेतृ न्यौपानेले भनेकी छिन्, ‘नेता वा कार्यकर्ताको संख्या घट्यो या बढ्यो, त्यसले खास अर्थ राख्दैन । विचारलाई आत्मसात गर्ने र आम नागरिकप्रति समर्पित रहने संख्या थोरै नै होस्, त्यसको ठूलो अर्थ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गरिखाने वर्गमाथि महङ्गीको बज्रपातः संघर्षरत नेपाली जिवन समृद्धीको नारा माझ

   विमला भट्टराई    भरतपुर–१२, चितवन विषय प्रवेशः नेपाललाई प्राकृतिक सम्पदाले सम्पन्न जलश्रोतको धनी, सास्कृतिक