देवघाटमा क्षत्री समाजको भवन शिलान्यास

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर ९

देवघाट गाउँपालिकामा क्षत्री समाजको भवन शिलान्यास गरिएको छ । बुधबार आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्रस्तावित भवनको शिलान्यास गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थापाले भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भवन निर्माणले समाजको संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै सामाजिक एकता र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

देवघाटमा बसोबास गर्ने सबै जातजातिबीच सुमधुर सम्बन्ध र आपसी सद्भाव कायम रहेको उल्लेख गर्दै अध्यक्ष थापाले सबै जातजातिका समुदायलाई सहयोग, सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए । अध्यक्ष थापाले सबै समुदायबीचको आपसी भाइचारा, सहअस्तित्व र सामाजिक सद्भाव कायम राख्दै समग्र देवघाटको विकासमा सबैको साझा भूमिका आवश्यक रहेको बताए ।

समाजको संस्थागत विकास, सामाजिक एकता र पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित भवन निर्माण कार्यको औपचारिक सुरुवात गरिएको क्षत्री समाज देवघाटका अध्यक्ष गणेश थापाले बताए । थापाले समाजको भवन निर्माण अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि सबैबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

थापाले समाजको आफ्नै भवन निर्माणले संस्थागत गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै सामाजिक एकता, आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको बताए ।

उक्त शिलान्यास कार्यक्रममा समाजका सदस्य, अग्रज व्यक्तित्व तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ