तनहुँ । मंसिर ९
तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतको इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले मंसिर ९ गते भिमाद नगरपालिका-६ स्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ती टिपरहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आवश्यक कागजातबिना अवैध रूपमा नदीजन्य तथा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न पाइएपछि दुवै टिपरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको थियो ।
नगरपालिकाले प्रति टिपर २० हजार रुपैयाँका दरले एकमुष्ठ ४० हजार रुपैयाँ जरिवाना तिराएर ती सवारी साधनहरूलाई छाडिदिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।











