बैंक म्यानेजर पक्राउ ,१८ करोड हिनामिनाको आरोप !!

Devghat Online

शेयर गरौ

घोराही । झन्डै १८ करोड रकम हिनामिना गरेको आरोपमा दाङमा एक बैंक म्यानेजर पक्राउ परेका छ। सात महिनाको बीचमा नक्कली खाता बनाएर १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको आरोपमा देवः विकास बैंकका नारायणपुरका प्रबन्धक घोराही १५ निवासी ३० वर्षीय समीर बुढाथोकी पक्राउ परेका हुन्।

साविकको वेस्टर्न डेभलमेन्ट बैंक देवः विकास बैंकमा मर्ज भएपछि रकम हिनामिनाको खुलासा भएको हो। २०६७ सालदेखि साविककोे वेस्टर्न डेभलपमेन्ट बैंकमा जोडिएका बुढाथोकीले करिब डेढ वर्षदेखि म्यानेजर जिम्मेवारी समाल्दै आएका थिए। म्यानेजरको जिम्मेवारी पाएको एक वर्षपछि नै रकम हिनामिना शुरू भएको पाइएको प्रहरीको भनाइ छ। त्यति रकम हिनामिना गर्नका लागि शुरूदेखि अन्त्यसम्म करिब ७ महिनाको समय लागेको पाइएको प्रहरीको भनाइ छ।

बैंक म्यानेजरले बैंकको करोडौं रूपियाँ हिनामिना गरेको यो पहिलो घटना भएकाले प्रहरीले सूक्ष्म अध्ययन अनुुसन्धान गरी आवश्यक कारबाही गर्ने उहाँको भनाइ छ। शाखा कार्यालयमा दुुईवटा मात्रै कम्प्युुटर थिए। खाता सञ्चालनको काममा तिनै कम्प्युुटर प्रयोग गरिएको छ। बैंकका एक कर्मचारीले भने– ‘सबै काम फेक छ, हामीलाई शंका लाग्यो, त्यो शंकाको कुरा हेड अफिसमा पुुर्याऔं, हेड अफिसले पनि अनुुसन्धान थालनी गर्यो। हाम्रो शंका र केन्द्रीय कार्यालयको अनुुसन्धान मिल्यो। अपराध अनुुसन्धान विभागमा उजुुरी दिएपछि बुढाथोकीलाई पक्राउ गरिएको हो।’

म्यानेजर बुुढाथोकीले नक्कली खाताबाट बैंकको देशभरका विभिन्न शाखामा ५ देखि १५ लाखसम्मका नक्कली खातामा पैसा पठाउने गरेको पनि भेटिएको एक कर्मचारीको भनाइ छ। कार्यालय समय सकिए पनि म्यानेजर कम्युुटरमा बस्ने, सिस्टम छैन भन्नेलगायतका अनेकौं शंकास्पद व्यवहार देखाउने गरेको ती कर्मचारीको भनाइ छ।

पक्राउ परेका बुुढाथोकीलाई म्याद थपका लागि उच्च अदालत नेपालगन्ज वाणिज्य इजलासमा पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिँदै भन्नुुभयो– ‘करोडौं हिनामिनाको कुरा वेस्टर्न बैंक ‘मर्ज’ सँगै बाहिरिएको थियो। जसको अनुुसन्धानका लागि राष्ट्र बैंकले अपराध अनुुसन्धान विभाग ‘सीआईबी’मा पठाएको थियो।’

सीआईबीले अनुुसन्धान थालनी गरेदेखि आरोपित म्यानेजर बुुढाथोकी फरार भएको उहाँले बताउनुुभयो। जिल्ला प्रहरी म्यादपछि थप अनुुसन्धान तथा आरोपित चल/अचल सम्पत्ति छानविन गरी सार्वजनिक गरिने बताउनुुभयो। बैंक म्यानेजरले बैंकको करोडौं रुपियाँ हिनामिना गरेको यो पहिलो घटना भएकाले प्रहरीले सूक्ष्म अध्ययन अनुुसन्धान गरी आवश्यक कारबाही गर्ने उहाँको भनाइ छ। पक्राउ परेसँगै रकम हिनामिनाको अनुुसन्धान शुुरू भइसकेको जनाउनुुभयो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४