र्‍यापर प्रेमीसँग रोमान्टिक मुडमा अदिती

Devghat Online

शेयर गरौ

नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका अदिती बुढाथोकीले आफ्नो प्रेम सम्वन्ध खुलाएकी छिन् ।लामो समयदेखि नेपाली फिल्ममा नदेखिएकी अदिती यतिखेर भारतीय फिल्ममा अभिनय गर्ने अवसरको पर्खाइमा छिन् । त्यसोत अदिती भारतीय म्युजिक भिडियोमा अभिनय गर्नुका साथै भारतीय मोडलिङमा समेत स्थापित भइसकेकी हुन् । बेला बेला बोल्ड फोटो सामाजिक संजालमा पोष्ट गरेर चर्चामा आइरहने अदितीको बाक्लै फ्यान फलोइङ रहेको छ । उनै अदितीले हालै आफ्नो सामाजिक संजाल मार्फत प्रेमी भारतीय र्‍यापर अलिम मोरानीसँग रोमान्टिक मुडमा रहेको तस्वीर शेयर गरेकी छिन् ।

लभको इमोजी राखेर ‘गुड टाइम्स्’ लेखेको प्रेमीसँगको तस्वीरमाथि धेरैले बधाई भनेर प्रतिक्रिया दिएका छन् । कतिपयले दुईको जोडी सुहाएको प्रतिक्रिया समेत जनाएका छन् ।

र्‍यापर अलिमले गएको वर्ष ‘लेट मि लाइभ’ नामक पहिलो र्‍याप गीत सार्वजनिक गरेका थिए । जुन गीत यूट्युबमा निकै रुचाइएको छ । उनले आफूलाई इन्स्टाग्राममा र्‍यापर, सङ राईटर र ड्रीमरको रुपमा चिनाएका छन् ।

अभिनेत्री अदितीले ‘कृ’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । यो फिल्म रिलिज भए लगत्तै उनी मुम्बई हानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले