पुस १० गते सूर्यग्रहण

Devghat Online

शेयर गरौ

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ। भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ।

पुस १० गते बिहान ८ बजेर २२ मिनेट जाँदा सुरु हुने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समयमा काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिनेछ। पश्चिम नेपालबाट त्यो ५१ प्रतिशत हुनेछ। सूर्यग्रहण २ घण्टा ४७ मिनेट ५० सेकेन्ड लाग्नेछ भने १० बजेर १ मिनेटमा मध्य हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

साउदी अरब, कतार, भारत, इन्डोनेसिया, गुआम र फिलिपिन्सबाट ‘रिङ अफ फायर’ देखिनेछ। जसमा पूरै चन्द्र पूरै सूर्यभित्र भए पनि सूर्य नढाकिने र वरिपरि प्रकाश देखिने बताएको छ।

चन्द्रमा पृथ्वीको कक्षमा परिक्रमा गर्दा सबैभन्दा पर शिरविन्दु (एपोजी)मा पुगेको केही दिनपछि सूर्यग्रहण लाग्नलागेको हो। त्यस समयमा आकाशमा चन्द्रको आकार सूर्यभन्दा सानो भएको हुन्छ। यसको अर्थ चन्द्रले पूरै सूर्यलाई ढाकेको पृथ्वीबाट देखिँदैन जसका कारण ग्रहण लागेको बेला पृथ्वीबाट सूर्यको परिधि निकै चम्किलो प्रकाश देखिनेछ।

चिकित्सक तथा खगोलशास्त्रीहरुले नाङ्गो आँखाले ग्रहण नहेर्न सचेत गराएका छन्। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ। सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउनुपर्ने उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा