देवघाटधाममा सातदिवसीय बृहत आत्यात्मिक महासम्मेलन हुने

Devghat Online

शेयर गरौ

देवघाट,१० माघ

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै देवघाटधाममा सातदिवसीय बृहत आत्यात्मिक महासम्मेलन हुने भएको छ । आगामी चैत ३१ गतेदेखि वैशाख ७ गतेसम्म महासम्मेलन हुनेछ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार महासम्मेलनको संयोजकका रुपमा रहीदिन बाग्मती प्रदेशका प्रमुख डोरमणि पौडेललाई आग्रह गरिएको छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशको अगुवाई र संघीय सरकारको अभिभावकत्वमा अन्तर्राष्ट्रियस्तरको महासम्मेलन गर्न लागिएको हो ।

महासम्मेलनमा भारतका विभिन्न धामहरुका शंकराचार्यहरुसहित धार्मिक पिठाधीश तथा गुरुहरुको उपस्थिति रहनेछ । यसैगरी विश्वभरबाट हिन्दू धर्मका ठूला विद्वान्हरुको समेत महासम्मेलनमा उपस्थिति रहने छ ।

महासम्मेलन सम्पन्न गर्न संघीय सरकारले रु. एक करोड र नपुग रु.तीन करोड हाराहारी दुई प्रदेश र यहाँका स्थानीय तहहरुबाट संकलन गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “देवघाटधामको महिमालाई विश्वसामु चिनाउन महासम्मेलन सफल हुने विश्वास लिएका छौं ।”

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार महासम्मेलनमा नेपालका एक सयभन्दा बढी तीर्थस्थलका धार्मिक स्टलहरु समेत रहने छन् । ती स्टलहरुबाट धार्मिक स्थलहरुका बारेमा जानकारी लिन सकिने छ । महासम्मेलनले देवघाटधामलाई धार्मिक दिग्दर्शन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।

देवघाटसहित नेपालका धार्मिक पर्यटकीय केन्द्रहरुलाई विश्वभर चिनाउन महासम्मेलन सार्थक हुने घिमिरेको भनाई छ ।

समस्त हिन्दू धर्मावलम्वीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरुले बताएका छन् । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रव्रतीशीला, सिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वारा स्थापित आश्रम र वेदवेदांग विद्यालय यहाँ रहेका छन् ।

शिव भगवान्को त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुंगा पाइने एकमात्र नदी कालीगण्डकीको संगमस्थल रहेको यस धाममा भगवान् पनि स्नान गर्न आउने गरेको विश्वास छ । यस पवित्र भूमिमा शिव भगवान्ले तपस्या गरेको, ऋषिमुनिले तपस्या गरेको चर्चा पनि पुुराणहरूमा छ । यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायत नदी पनि मिसिएर यहाँ आइपुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा