देवघाटको कोटामा “मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ” स्थापना !

Devghat Online

शेयर गरौ

करिष्मा गुरुङ,  देवघाट

देवघाट गाउँपालिका वडा नम्बर १ कोटा “मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ” को रूपमा स्थापना भएको छ । शनिवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री हरिवहादुर चुमनले सो नमुना कृषि गाउँको समुद्घघाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका चुमनले अब सरकारले शिक्षालाई मात्र नभई कृषिमा पनि जोड दिनुपर्ने र कृषि मार्फत नै जनसमुदायहरूलाई अगाडि बढाउन सकिने बताएका छन् । वर्तमान समयमा हरेक व्यक्तिहरू बिदेशतिर बाहिरीने एउटा समस्या जस्तै छ जसको न्युनिकरण वा अन्त्य गर्नको लागि कृषिलाई प्राथमिकता दिएर अगाडि बढी सबै मानिसहरू व्यवसायीक हुन जरुरी रहेको मन्त्री  चुमनको भनाइ थियोे ।  कार्यक्रममा उनले नमुना गाउँको स्थापना लगत्तै अब अर्गानिक कृषि उपजको उत्पादन गरी गाउँलाई नै एउटा नमुना कृषि गाउँको रूपमा अघि बढाउन पर्ने  भनाई राखे । कार्यक्रमका विशिष्ट अतिथिको रूपमा रहेका देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले देवघाट गाउँपालिकाको समृद्धि हुनको लागि कृषिमा नै क्रान्ति हुनुपर्ने बताए । हरेक व्यक्तिहरूले बजारमार्फत तरकारी खरिद गरि ल्याउनुको सट्टा आफ्नै घरमा उत्पादन गरि विशादिमुक्त तरकारि खानको लागि सम्पूर्ण गाउँवासिहरूलाई अनुरोध गर्दै उनले हरेक विहिवार लाग्ने हाटबजार वा कृषि संकलन केन्द्रमा आफ्नो घरमा उत्पादन भएको जतिपनि तरकारीहरू छन् त्यसलाई  बिक्रीवितरण गर्न समेत अनुरोध गरे ।

देवघाटमा तिनवटा आश्रमको लागि दैनिक प्रति आश्रम रु. नौ हजारको लागतमा तरकारि खरिद गरिन्छ, त्यस आश्रमहरूको लागि मात्रै भएपनि उत्पादन गर्न सकियो भने कोटाका बासिन्दाले आफ्नो जिविकोपार्जन गर्नको लागि अन्त कतै जान नपर्ने अध्यक्ष थापाको भनाई थियो । कार्यक्रममा चौतारी कृषि सहकारी सँस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति ईश्वर गुरूङले चौतारी कृषि सहकारी संस्थामार्फल सञ्चालन गरिने कोटामा करिब ६५ घरधुरी कृषकहरू रहेका र अर्गानिक ताजा तरकारी उत्पादन गर्ने मुख्य लक्ष्य लिएर अघि बढेको बताए । प्रदेश सरकारबाट २५ लाख र सोही सहकारीमार्फत ५ लाखको गरी जम्मा जम्मा ३० लाखको लागतमा चौतारी कृषि सहकारी संस्थाले कार्य थालनि गरिएको बताउँदै सभापति गुरूङले तरकारि खेतिलाई दैनिक जसो एउटा पेशाको रूपमा अगाडि बढाएर सबैले आफ्नो घरमा उत्पादित तरकारीहरूलाई अरूको घरमा लगि बाड्नुको सट्टामा थोरै थोरै मुल्यमा भएपनि विक्रिवितरण गरेर केहि आम्दानी आफ्नो हातमा पार्नुपर्ने जानकारी दिए ।

 

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भिमवहादुर गुरूङले शुभकामना मन्तव्य र राजकुमार गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए भने गण्डकी प्रदेश वागवानि विकास अधिकृत अर्जुनदेव ज्ञवलि, यलवहादुर गुरूङ, पदमबहादुर गुरूङ, भुवनसिं गुरूङ, कृष्णराज न्यौपाने लगाएललेआफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त