कोभिड—१९ : देवघाटमा विदेशबाट आएका सबै नागरिकको स्वास्थ्य साामान्य

Devghat Online

शेयर गरौ

 

२७ चैत्र, देवघाट

कोरोना भाइरस (कोभिड(१९) फैलिएका देशहरुबाट तनहूँमा आउने ७१४ जना मध्ये देवघाटका सबै नागरिकको स्वास्थ्य साामान्य रहेको छ ।

देवघाट गाउँपालिकाले सुचना सार्वजनिक गदै गाउँपालिकाका ५ वटै वडाहरुबाट पुरुष २६ र महिला ४ गरी ३० जना गाउँ पर्किएका नागरिकहरुको स्वास्थ्य परिक्षण गराउँदा उनीहरुको अवस्था सामान्य रहेको जानकारी गराएको हो उनिहरु सेल्फ क्वारेन्टाइन÷ क्वारेन्टाइनमा समेत रहेका छन् । गाउँपालिकामा यस महामारी फैलन नदिनको लागि धेरैनै सर्तकता अपनाइएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीको भनाई रहेको छ । उनले अझै त्रास यथावत रहेकाले सम्पुर्ण नागरिकहरु घरमैे बसेर सजक र सतर्क रहन आग्रह समेत गरेका छन् ।

यस्तै सरकारले २०७७ वैशाख ३ गतेसम्मलाई लागु हुने गरी तेश्रो चरणको लकडाउन समेत घोषणा गरी आम नागरिकलाई सचेत रहि घरमै बस्न आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण