आफुभन्दा गरिब परिवारको नाम छुटेको भन्दै राहत अस्विकार

Devghat Online

शेयर गरौ

२८ चैत्र, देवघाट
विपन्न बर्गकोलागि भनि वितरण गरिएको राहत पाईने आशामा शहरमा घर हुने सम्पन्न वर्गका व्यक्तिहरु पनि लाईनमा उभिएको आरोप लाग्दै आएको अवस्थामा देवघाटका दुई दाजुभाईले भने आफुभन्दा विपन्न वर्गका व्यक्तिहरुले राहत नपाएको भन्दै राहत अस्विकार गरेका छन् ।
वडा कार्यालयले राहत पाउने सुचिमा नाम समावेश गरेका तनहूँको देवघाट–५ विष्णु शैया टोलका दाजु भाई हिरण्य बगाले र भुपेन्द्र बगालेले आफुहरु भन्दा विपन्न वर्गका बोटे समुदायका व्यक्तिहरुले राहत नपाएको हुँदा आफ्नो नामको राहत उनीहरुलाई दिन अनुरोध गरेका थिए ।
वडा सदस्य टुकनाथ अधिकारीले अहिलेको राहत विपन्न वर्गका नागरिकलाई मात्र दिनु पर्ने भन्दै बगाले दाजु भाईले राहत नलिएको बताए ।

विभिन्न स्थानीय तहमा वितरण भईरहेको राहत सम्पन्न वर्गकाले पनि लिएको आरोप लागेको अवस्थामा विपन्न वर्गको रुपमा राहत लिने सुचिमा नाम भएका बगाले दाजु भाईले आफ्नो भागको राहत नलिएको भन्दै वडा सदस्य अधिकारीले सबैले यसरी नै त्याग देखाउने हो भने वास्तविक विपन्नले मात्र राहत पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को