५ बैशाख, तनहूँ
तनहूँमा विहिबार साँझसम्ममा ४ सय ८० जनाको कोरोना परिक्षण गरिएको छ । बिदेशबाट आउने व्यक्तिको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) किटबाट १० वटै स्थानीय तहमा कोरोनाको नमुना परिक्षण थालिएको हो । तनहूँमा ७ सय २० जना बिदेशबाट आएको थिए । तिनिहरु मध्ये बुधबार साँझसम्म ४ सय ८० जनाको परिक्षण गरिसकिएको स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरवावु अधिकारीका अनुसार अहिलेसम्म परिक्षण गरिएकाका मध्ये सबैको रिर्पाेट नेगेटिभ आएको छ । तनहूँमा बिदेशबाट आउने सबै व्यक्तिको नमुना परिक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकामा ४३ जना, व्यास नपामा ९१ जना, शुक्लागन्डकी नपामा ७० जना, भिमाद नपामा ७२ जनाको नुमना परिक्षण गरिसकिएको छ ।
यसैगरि देवघाट गाउँपालिकामा ३४ जना, आवुँखैरेनी गापामा १६ जना, म्याग्दे गापामा ३६ जना, बन्दिपुर गापामा १५ जना, ऋषिङ गापामा ६२ जना र घिरिङ गापामा ४० जनाको कोभिड–१९ को नमुना परिक्षण गरिसकिएको छ ।
हालसम्म परिक्षण गरिएका सबैको रिर्पाेट नेगेटिभ आएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले थप परिक्षण पनि चाँडै नै सक्ने प्रराम्भिक परिक्षणमा पोजेटिभ रिर्पाेट आएमा पिसिआर परिक्षणकोलागि सम्बन्धित निकायमा पठाईने बताए ।

खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिसम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण
तनहुँ । साउन २८ जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको सहज आपूर्ति र मूल्य












