८ बैशाख, देवघाट
देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यम महिला सहकारी संस्थाले देवघाट गाउँपालिकाको राहत कोषमा २० हजार रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणकोलागि गरिएको लकडाउनबाट पीडित भएका गाउँपालिकाका नागरिकलाई राहत उपलब्ध गराउन गाउँपालिकाले स्थापना गरेको राहत कोषमा महिला सहकारी संस्थाको तर्फबाट सोमबार उक्त रकम सहयोग गरिएको हो ।
सो रकम सहकारी संस्थाका पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई प्रदान गरेका थिए । रकम सहयोग गरेकोमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सहकारी संस्थालाई धन्यवाद दिएका छन् । यस अघि पनि विभिन्न संघ संस्थाले गाउँपालिकाको राहत कोषमा सहयोग प्रदान गरेका थिए ।
गाउँपालिकाले राहत कोषमा रकम सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको सिद्धार्थ बैंकमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष ००८१५३८६२०७ मा जम्मा गरि सहयोग गर्न अनुरोध छ ।

रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो
काठमाडौं । बैशाख १७ रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट












