अलपत्र परेका मजदुरको सांसद श्रेष्ठको पहलमा गन्तव्यमा पठाईयो

Devghat Online

शेयर गरौ

फोटो फिचर
८ बैशाख, दमौली
लमजुङको बुर्दीखोला स्थित विन्दवासिनी हाइड्रोपावर कार्यरत सल्यान जिल्लाका २३ जना मजदरहरुलाई सामेबार प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरि उनीहरुको घरतर्फ पठाईएको छ ।


बुर्दिखोलाको उक्त जलविद्युत आयोजनामा मा काम गर्दै आएका २३ जना मजदुरहरु सोमबार विहान १ बजेवाट हिडर आउँदै गरेको र सोमबार बेलुकी ४.३० बजे तनहूँको व्यास नपा ७ को कलेस्ती आइपुगेको बारेमा स्थानीय बासिन्दा मार्फत सांसद श्रेष्ठले जानकारी पाएपछि
कलेस्तीमा नै सवारी साधानको ब्यवस्थापन गरि दमौली ल्याएर खाना खुवाएर वाटोमा खाजा पानीको लागि चिउरा, बिस्कुट, काक्रो समेतको व्यवस्था गरि प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत गाडीको व्यवस्थापन गरि सल्यान पठाउन पहल गरेका छन् ।

यी सबै कामको संयोजन सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सडकमा अलपत्र परेका मजदुरहरुलाई सवारी साधनको व्यवस्था गरि गन्तव्यसम्म पुर्याउन पलह गर्नु पर्ने बताएको र अलपत्र परेका मजदुरलाई गन्तव्यमा पुर्याउने आफ्नो दायित्व रहेको हुँदा मजदुरलाई सहयोग गरेको सांसद श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त