देवघाटको राहतकोषमा सामुदायीक वनको सहयोग

Devghat Online

शेयर गरौ

२ जेठ, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमण (कोभिड १९) को असहज परिस्थितीलाई न्यूनीकरणका लागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ । उक्त कोषमा शुक्रबार देवघाट गाउँपालिका वडा नम्बर ४ स्थित कमलादेवी सामुदायीक वन उपभोक्ता समितिले ३० हजार रुपैयाँ सहयोग गरेको छ । समुहको तर्फबाट सुजन गुरुङले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई सो रकम हस्तान्तरण गरे ।
सो रकम बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताए । सुवेदीले रकम सहयोग गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए ।
गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध