सामुदायीक वनका उपभोक्तालाई मौरीको घार वितरण

Devghat Online

शेयर गरौ

२ जेठ, भानु
भानु नगरपालिका–२ स्थित मझुवा ओख्ले सामुदायीक वन उपभोक्ता
समितिले वनका उपभोक्ताहरुलाई मौरीको घार वितरण गरेको छ । हावा
हुरीको कारण वनमा ढले पडेका रुखको सदुपयोग गरि त्यसबाट मौरीको घार
निर्माण गरि मौरी पाल्न इच्छुक उपभोक्तालाई घार वितरण गरिएको वन
उपभोक्ता समुहका अध्यक्ष तोरणबहादुर अधिकारीले बताए ।
ढलेपडेका रुखबाट ६० वटा घार निर्माण गरिएको र इच्छुक उपभोक्तालाई
आवश्यकता अनुसार वितरण गरिएको अध्यक्ष अधिकारीले बताए । बन्दाबन्दीको
समयमा स्थानीय सिपयुक्त व्यक्तिबाट नै घार निर्माण गरिएको अधिकारीले जानकारी
दिए ।
सामुदायीक वनलाई आय आर्जनको माध्यमको रुपमा लिईने हुँदा ढलेपडेका
रुखलाई दाउरा बनाउनु भन्दा पनि आय आर्जनकोलागि मौरीको घार निर्माण
गरिएको उनले बताए । घार पाएपछि उपभोक्ताहरु पनि खुसी देखिएका छन् । वनका
उपभोक्ता श्रीप्रसाद रेग्मीले अव आधुनिक घारमा मौरी पाल्ने चाहाना पुरा
भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध