नागरिकको स्वास्थ्यको अधिकारप्रति जबाफदेही हुन इन्सेकको आग्रह

Devghat Online

शेयर गरौ

३२ साउन, काठमाडौं
इन्सेकले नागरिकको स्वास्थ्यको अधिकार प्रति जवाफदेही हुन सरकारसमक्ष आग्रह गरेको छ । इन्सेकले आईतवार प्रेस विज्ञप्ति प्रकाशित गरि कोरोना भाइरसको संक्रमणको जोखिम दिन दिनै बढिरहेको अवस्थामा नागरिकको स्वास्थ्य अवस्था प्रति जिम्मेवार र जवाफदेही बन्न सरकारलाइई आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा २०७७ साउन ३१ सम्म मृत्यु हुनेको सङ्ख्या १ सय २ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।

सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्‍याउनु जरुरी देखिएको विज्ञप्तिमा भनिएको छ ।

गाउँ, बस्ती, सहर र समुदायस्तरमा फैलिँदै गएको सङ्क्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ । अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन ।

कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ । उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय