मृगौला पीडितलाई उपचार सहयोग हस्तान्तरण

Devghat Online

शेयर गरौ


१ भदौ, दमौली
दुबै मृगौला फेल भई हाल उपचारको क्रममा रहेका व्यास नपा १४ कुलुङका २६ वर्षीय सन्तोष रानाको उपचारकोलागि संकलित आर्थिक सहयोग शनिबार हस्तान्तरण गरिएको छ । केशवटार घर भई हाल दमौलीमा बसोबास गर्दै आएका केशवटार सम्पर्क समाजका युवाहरुले संकलन गरेको एक लाख आठ हजार नौ सय चालिस रुपैयाँ सोमबार रानाको घरमा नै गई हस्तान्तरण गरिएको आर्थिक संकलन अभियानका सदस्य मनोजकुमार सुवर्णकारले बताए ।

 

केशवटार घर भई हाल दमौलीमा विभिन्न पेशा र व्यवसाय गर्ने युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका थिए । तिन दिनको अवधिमा उक्त रकम संकलन गरिएको सुवर्णकारले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा अभियानका संयोजक युवराज आलेले आफ्नो गाउँ घरको युवालाई बचाउनु सबैको कतव्र्य भएको हुँदा आफुहरुले रकम संकलन गरेको बताए । उनले अझै पनि रकम संकलन अभियान जारी रहेको हुँदा पुनः सहयोग हस्तान्तरण गर्ने बताए । उनले स्वदेश तथा विदेशमा बस्ने दाजुभाई तथा दिदि बहिनीलाई सहयोग उपलब्ध गराउन आह्वान गरे । सो अवसरमा मृगौला पीडित रानाले आफ्नो उपचारमा रकम सहयोग गरेकोमा आभार व्यक्त गरे ।

श्रेष्ठलाई १७ हजार सहयोग


यसैगरि दुबै मृगौला फेल भई हाल उपचारको क्रममा रहेका व्यास नपा ४ का रामलाल श्रेष्ठलाई पनि उपचार सहयोग आउने क्रम जारी रहेको छ । श्रेष्ठको उपचार सहयोगकोलागि व्यास नपा ४ स्थित बिरता टोल विकास संस्थाको तर्फबाट १७ हजार ६ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

सो सहयोग रकम सोमबार टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेत लगायत सदस्यहरुले श्रेष्ठको घरमा पुगी मृगौला पीडित श्रेष्ठलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै टोल विकास संस्थाका पदाधिकारीले श्रेष्ठको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि