संक्रमितलाई अपहेलना नगरौं, स्वास्थ्यकर्मीको सम्मान गरौंः नेकपा

Devghat Online

शेयर गरौ

८ भदौ, भरतपुर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर वडा नम्बर ११ ले कोरोना (कोभिड १९) रोकथाममा अग्रपंतिमा रहेर काम गर्ने वडाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान गर्न सबैमा आग्रह गरेको छ ।

नेकपा वडा कमिटिका अध्यक्ष प्रकाश आचार्येले विज्ञप्ती जारी गरि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र यो कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा काम गर्ने सबैलाई साथ दिन आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, “सुरक्षा र सजगता अपनाउँदा समेत वडामा दैनिकजसो कोरोना संक्रमितको विरामीको संख्या बढ्दै जाँदा हामी चिन्तित छौं, संक्रमणको अवस्था भयावह हुन नदिन सबै गम्भिर बनौं ।” “समाजमा कोही कसैलाई कोरोना (कोभिड १९) को संक्रमण भइहाले अपमान र हेलाको व्यवहार नगरी सर्तकताका साथ आफैले सुरक्षाको विधि अवलम्बन गर्नु आजको आवश्यकता हो, विज्ञप्तीमा भनिएको छ ।”

नेकपा ११ ले कोरोना संक्रमित पार्टीका संगठित सदस्य, सुभेच्छुक र शुभचिन्तकको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपतको घडीमा आम वडाबासी पार्टी कार्यकर्तालाई अग्रपंत्तीमा बसी सुरक्षित रही आ–आफ्नो तवरमा स्थानिय सरकारलाई सहयोग गर्न समेत नेकपाले अनुरोध गरेको छ ।  वडाका जनप्रतिनिधि तथा कर्मचारी यो अभियानमा अहोरात्र खटिएको भन्दै विज्ञप्ती मार्फत सम्मान व्यक्त गरिएको छ ।

कोविड विरुद्धको अभियानमा लड्ने वडाका जनप्रतिनिधि, कर्मचारीहरु, टोलविकास संस्थाका अध्यक्ष एवंम पार्टी नेता कार्यकर्ता र वडा निवासी स्वास्थ्यकमी, प्रतिनिधि तथा कर्मचारीप्रति नेकपाले उच्च सम्मान व्यक्त गरेको छ । भरतपुर ११ मा सोमबारसम्म २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी