देवघाटमा विहान बेलुकी पसल खोल्न दिईने

Devghat Online

शेयर गरौ

१२ भदौ, देवघाट
तनहूँको देवघाटमा गाउँपालिकाले बिहान चार र साँझ तीन घण्टा पसल खोल्न दिने निर्णय गरेको छ । गाउँपालिकाले दैनिक जीवनमा अत्यावश्यक पर्ने खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको अवधि शुक्रबार रातीबाट सकिएपछि देवघाट गाउँपालिकाले विहान र बेलुकी पसल खोल्न दिने निर्णय गरेको हो ।

वडा नम्बर ५ को समुदाय स्तरमा कोरोना देखीको र सर्वसाधरणमा थप जोखिम बढ्न सक्ने विद्यमान परिस्थिती र जिल्लाका अन्य स्थानमा समेत संक्रमितको पहिचान भएको हुँदा यस अवस्थामा अत्यावश्यक बाहेक अन्य काममा सर्वसाधरण घरबाहिर ननिस्कन तथा आफु, परिवार र समुदायलाई नै सुरिक्षत गराउन गाउँपालिकाले सबैमा अपिल गरेको छ ।

गाउँपालिका बाहिर अत्यावश्यक खाद्यान्न सामग्री लिन जानुपर्ने भएमा बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मलाई समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । गाउँपालिकाले आन्तरिक रुपमा गर्नुपने निर्माण सम्बन्धी कामलाई पनि खुल्ला गरेको छ ।

तर त्यसका लागि वडा कार्यालय र इलाका प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने सुवेदीले बताए । निर्माण सम्बन्धी काम गर्दा मास्क, स्यानीटाइजर, साबुपानी प्रयोग गरी सामाजिक दूरी कायम गर्ने र धेरै जना संलग्न भई गर्नुपर्ने निर्माण कार्यमा संलग्न जनशक्ति एक ठाउँमा बस्नुपर्ने सुवेदीले बताए ।

गाउँपालिकाले कोरोनाको जोखिम बढ्न सक्ने परिस्थितिलाई ध्यानमा राखेर अनावश्यक रुपमा हिँडडुल नगर्न समेत आग्रह गरेको छ । घर बाहिर निस्कदा मास्कको प्रयोग नगरेमा ५० देखी एक सय रुपैयाँ सम्म जरिवाना गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय