देवघाटमा शहिद सप्ताह सुरु, पहिलो दिन सप्ताहको उद्घाटन

Devghat Online

शेयर गरौ

१० माघ, देवघाट
देवघाट गाउँ पालिकाले सहिद सप्ताह मनाएको छ । सहिद सप्ताहको पहिलो दिन वडा नम्बर ५ को कृषि हाटबजार परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरियो । सहिद सप्ताहको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले राष्ट्र निर्माणमा बलिदान गर्ने शहिदहरूको उच्च सम्मानका निम्ति शहिद सप्ताह मनाइएको बताए । सबैले सहिदको योगदानको कदर गर्नु पर्नेमा अध्यक्ष थापाको भनाई थियो ।

देवघाटले सहिद सप्ताह मनाउन अध्यक्ष थापाको संयोजकत्वमा ५१ सदस्यिय समिति गठन गरेको छ । सो समितिमा जनप्रतिनिधि, बैंक, वित्तीय सँस्था, सहकारी, नागरिक समाज, सामुदायिक वन, सरकारी तथा गैर सरकारीका प्रतिनिधि, स्वास्थ्य, गुरूकुलहरूहरु समावेश गरिएको वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्त यालबहादुर गुरुङले बताए ।

सप्ताहको पहिलो दिन आयोजित उद्घाटन कार्यक्रममा झाँकी, ¥याली, शहिद माल्यार्पण र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विमला थापा, प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

सहिलद सप्ताहको दोश्रो दिन विद्यार्थीहरु विच अंग्रेजीमा हाजिरी जवाफ प्रतियोगिता र अन्तर मावि भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रम, तेस्रो दिन स्वास्थ्य शिविर, भजन प्रतियोगिता, चौथो दिन (अन्तर युवा क्लवरवन) फुटबल प्रतियोगिता र अन्तर मावि विज्ञान प्रदर्शनी, पाचौं दिन अंग्रेजी शब्द लेखन प्रतियोगिता र कृषि कार्यक्रम, छैटौं दिन हाट बजार संचालन प्रतियोगिता र उद्योग प्रवद्र्धन र अन्तिम शहिद दिवसको दिन सम्पूर्ण टोलटोलमा गई सरसफाइ कार्यक्रम, शहिदका परिवार सम्मान र पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी