११ माघ, देवघाट
सहिद सप्ताहको अवसरमा देवघाट गाउँपालिकाको आयोजनामा आईतबार सामुदायीक वन स्तरीय लोक दोहोरी गित प्रतियोगिता आयोजना गरियो । वडा नम्बर ५ को कृषि हाटबजार परिसरमा आयोजना गरिएको सो प्रतियोगितामा सात वटा सामुदायीक वनका कलाकारहरुले भाग लिएका थिए ।

प्रतियोगितामा वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायीक वन उपभोक्ता समुह प्रथम, साँंढेबगर सामुदायीक वन उपभोक्ता समुह द्वित्तिय र मधु सामुदायीक वन उपभोक्ता समुह तृतिय भएका थिए । सो कार्यक्रमा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं बरिष्ठ लोक गायक अम्बर बिरही गुरुङ, लोक गायीका चन्द्रा गुरुङ लगायतले गित प्रस्तुत गरेका थिए ।




यसैगरि सहिद सप्ताहकै अवसरमा देवघाट गाउँपालिकाले आईतबार वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । नागरिकहरुलाई वित्तिय साक्षरताको बारेमा जानकारी दिने, बचतको महत्वको बारेमा जानकारी दिने तथा विमाको महत्वको बारेमा बुझाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स नारयणगढ शाखा प्रमुख गोर्कण कार्कीले वित्तिय साक्षरताको बारेमा प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा २ सय जनाको सहभागिता रहेको थियो । सहिद दिवसको अवसरमा देवघाट गाउँपालिकाले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत सोमबार शिक्षा शाखाको समन्वयमा बालविकास केन्द्र स्तरीय प्रतियोगिता, आधारभुत तहको हाजिरी जवाफ प्रतियोगिता र कक्षा ९–१२ को अंग्रेजीमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने भएको छ ।












