७ फागुन, देवघाट
देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा बद्री अधिकारी नियुक्त भएका छन् । संस्कृती तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अधिकारीलाई आगामी २ वर्षकोलागि समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अधिकार चितवनका नेकपाका नेता हुन् । यस अघि तनहूँका शिवराज पौडेल अध्यक्ष थिए । अध्यक्षमा प्रायः तनहूँ र चितवनबाट आलोपालो गरि नियुक्ती हुँदै आएको छ ।















