घन्टाचुलीको पर्यटन प्रबद्धनकोलागि ५ करोड ३० लाख

Devghat Online

शेयर गरौ

१० फागुन, देवघाट
प्रतिनिधि सभाका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानको पहलमा सस्कृती तथा पर्यटन मन्त्रालयले देवघाट गाउँपालिका वडा नम्बर १ र ३ मा रहेको घन्टाचुली क्षेत्रको पर्यटन पुर्वाधार निर्माणकोलागि ५ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पर्यटकीय स्थलहरुको पुर्वाधार विकासकोलागि मन्त्रालयले घन्टाचुली क्षेत्रलाई ५ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसकोलागि निवर्तमान सांसद श्रेष्ठले पहल गरेको घन्टाचुलीपर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्क आले मगरले बताए ।

सो सम्बन्धी योजना सन्चालन गर्ने मन्त्रालयको स्विकृत पत्र सोमबार निवर्तमान सांसद श्रेष्ठले देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा श्रेष्ठले तुरुन्तै टेन्डर आह्वान गरि काम सन्चालन गर्न अनुरोध समेत गरेका थिए ।

घन्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष आलेले घन्टाचुलीलाई पहिलो पटक यती धेरै रकम प्राप्त भएको भन्दै अव त्यसले ऐतिहाँसिक क्षेत्रको रुपमा रहेको घन्टाचुलीमा विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी