देवघाटमा संस्कृती झल्कने भवनको शिलान्यास

Devghat Online

शेयर गरौ

करिश्मा गुरुङ
१७ जेठ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रातामाटे सुन्दरवस्ती नमुना गाउँमा सँस्कृति झल्किने भवनको शिलान्यास गरिएको छ । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आईतबार सो भवनको शिलान्यास गरे ।

सो अवसरमा अध्यक्ष थापाले ‘हाम्रो सँस्कृति हाम्रो पहिचान’ भन्ने मुल नारा सहित देवघाट गाउँपालिकामा पहिलो पटक वडा नम्बर ५ मा नमुना संकृति झल्कने भवन बन्न लागेको बताए । पछिल्लो समय हाम्रो धर्म, संकृती, भेषभुषा, भाषा र मौलिकता लोपहुदै गइ रहेको हुँदा यसको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए । कोरोना भाईरसको महामारीको कारण न्युन व्यक्तिहरूको उपस्थितिमा सामाजिक दुरी कायम गरि सो साँस्कृतिक भवनको शिलान्यास गरिएको थियो ।

एक रोपनी क्षेत्रफलमा बन्ने सो नमुना भवनमा भित्र बीचमा आगो बाल्ने अगेना र अगेनाको उत्तर र दक्षिण तर्फ महिला पुरुष बस्ने अलग अलग स्थान रहने र पच्क्षीम तर्फ भने नाचगान गर्ने स्थान रहने छ । सो भवनमा संस्कृति अनुसार दोहोरी, कौराह, झ्याउरे, सालैजो, कृष्ण चरीत्र, घाटु जस्ता कलाहरु सो संकृति भवन हेर्न पाइने छ । साथै हस्तकला मार्फत निर्मित विभिन्न सामाग्रीहरू हलो, डालो , चकटी, सोलि, मादल, खैजडि लगाएत सम्पूर्ण संस्कृतिको झल्को दिने खालको सामग्रीहरू पनि राखिने रातामाटे सुन्दरवस्ती नमुना बस्तीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष यालवहादुर गुरूङले यस स्थानसम्म पुग्नको लागि धेरै सहयोग गरेको बताउदैँ सबैले हातमा हात र साथमा साथ नदिएको भए सायद अहिले यस स्थानसम्म नसक्ने बताए । । रातामाटे सुन्दरवस्ती नमुना गाउँका अध्यक्ष सुरेन्द्र श्रेष्ठले कोरोना महामारीको समयमा पनि बाहिरको मान्छेहरूलाई आवात जावतमा रोक लगाइ आफ्नो स्थानमा धेरै कामहरू भएको बताए । उनले टोलभित्र ग्राबेल बिच्छ्याउने र आगामि दिनहरूमा सो टोलको नक्सा तयार गर्ने, त्यस स्थानलाई अझ सोभा बढाउनको लागि सोलार बत्तीको व्यवस्था गर्ने, माछा पोखरी निर्माण गर्ने, शिवलिङ्ग तयार पार्ने, जलदेवी स्थापना गर्ने बताए ।

देवघाट आउने पाहुनाहरूको लागि रातामाटे सुन्दरवस्ती नमुना गाउँ एक पटक भएपनि पुग्नु पर्ने भन्ने मनोभावना दर्शाउने खालको क्षेत्र बनाउने श्रेष्ठले बताए । देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो साँस्कृतिक भवनले यस स्थानलाई अघि बढ्नको लागि प्रेरणा मिल्ने र एउटा राम्रो सँस्कृति झल्काउने राष्ट्रिय कलाकार एवम् मगर साँस्कृतिक दुत बलबिक्रम थापाले बताए । उनले अबका दिनहरूमा गित सुटिङ्गको क्रममा साँस्कृतिक झल्काउने खालको भवन खोज्नको लागि अन्त जान नपर्ने बताउदैँ अब यसैलाई एउटा नमुनाको साँस्कृतिक घर बनाउने बताए र साँस्कृतिक क्षेत्रमा आगमि दिनहरूमा आफुले यस ठाउँलाई गर्नुपर्ने र सकेको कुराहरू सिकाउदै अघि बढ्ने प्रतिबद्धता जनाए ।

रातामाटे सुन्दरवस्ती नमुना बस्तीका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इलाका प्रहरी कार्यलयका इन्चार्ज सुशील लामिछाने, राष्ट्रिय लोकदोहिरि कलाकार बालबिक्रम थापामगर, रातामाटे युवा क्लबका उपाध्यक्ष बिसाल मगर, रातामाटे युवा क्लबका बिष्णु थापामगर लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री