देवघाट अनलाइन
घिरिङ, चैत १३



घिरिङ गाउँपालिकाको कार्यालय विरुवा रोपन गरिएको छ । एक कर्मचारी एक फूलका बिरुवा रोपण कार्यक्रम अन्तर्गत सोमबार गाउँपालिका परिसरमा विभिन्न फुलका विरुवा रोपिउको हो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायत जनप्रतिनिधि र सबै कर्मचारीहरुले एक–एक वटा फुलका बिरुवा रोपेका थिए । सेवाग्राहीलाई सजिलो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिका परिसरलाई हरियाली बनाईने लागी प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।

गाउँपालिकाको भवन भित्र सहायता कक्ष, कार्यक्रम सभाहलको ब्यवस्थापन, दृष्टि बिहिन हरुलाई प्रत्येक शाखाको प्रवेशद्वारमा ब्रेन लिपि अक्षर राखिएको कक्ष निर्माण तथा गाउँपालिका परिसर भित्र विभिन्न जातीका तरकारीका बिरुवा उत्पादन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।












