देवघाटन अनलाईन
अन्जान परियार। दमौली, चैत १४
परियार सेवा समाजलले व्यास नगरमा रहेका परियार जातीको तथ्यांक संकलन गर्ने भएको छ । परियार सेवा समाज तनहुँले सोमबार दमौलीमा एक कार्यक्रमको आयोजना गरि तथ्यांक संकलन सम्बन्धि प्रशिक्षण दिएको छ ।



परियार सेवा समाज तनहुँका अध्यक्ष गणेश गोतामेको अध्यक्षतामा भएको सो कार्यक्रमको ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले परियार समुदायको बास्तबिक अबस्थाको सहि तथ्यांक संकलन गरि उनिहरुलाई सक्षम बनाउन नगरपालिकाको तर्फबाट सकारात्मक कदम चाल्ने बताउनु भयो ।
सो कार्यक्रममा परियार सेवा समाजका केन्द्रिय सचिब एबम गण्डकी प्रदेश संयोजक लाल बहादुर परियारले बिभाजन हुन लागेका सबै परियार बन्धुहरुलाई एक ढिक्का बनाउन आफू लागि परेको बताउँदै केन्द्रिय स्तरमा भएको सामान्य विवादको छिट्टै समाधान गरि महाधिवेशन गर्ने पनि बताउनु भयो ।
समाजका जिल्ला अध्यक्ष गणेश गोतामेले देशको उच्च तहमा परियार जातिको सहभागिता बढाउने उदेश्यले तथ्यांक संकलन अभियान सुरु गरिएको बताउनु भयो । उहाँले गैरदलित मात्र नभई दलित भित्र पनि विभेदको सिकारमा परेको परियार समुदायको क्षमताको बिकास गर्ने अभियान भएको भन्दै अहिले ब्यास नगरपालिकाबाट तथ्यांक संकलन सुरु गरिएको र क्रमशः जिल्लाको १० वटै पालिकामा तथ्यांक संकलन गरिने बताउनु भयो । तथ्यांक संकलनको क्रममा परियार समुदायको शैक्षिक अबस्था, राजनितीक पहुँच, आर्थिक सम्पन्न र बिपन्नताको अबस्था, सीप र क्षमताको बास्तबिक अबस्थाको सहि तथ्यांक संकलन गरि समाजलाई सक्षम बनाउन कदम चाल्ने अध्यक्ष गोतामेले बताउनु भयो ।
कार्यक्रममा ब्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र मायाँ परियार र समाजका निबर्तमान अध्यक्ष रामबहादुर गुइँदेलले पनि मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा समाजका संस्थापक अध्यक्ष भेगराम परियार, बन्दिपुर गाउँपालिका कार्यपालिका सदस्य मिनाराम परियार, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, सिप बिकास तनहुँका संयोजक रमेस सेवा लगायत ब्यास नगरपालिका भित्रका परियारहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम बारे संस्थाका कोषाध्यक्ष लक्ष्मी परियारले प्रष्ट्याउनु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मण परियारले गर्नु भएको सो कार्यक्रमको सन्चालन सचिब बुद्ध परियारले गर्नु भएको थियो ।












