आवुँखैरेनी अस्पतालमा सेवाग्राहीको भिड बढ्दै

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
आवुँखैरेनी, चैत १५

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गत मंसिरदेखि संचालनमा ल्याएको १५ शैयाको अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ । अस्पताल नभएका हरेक गाउँपालिकालाई सरकारले अस्पताल संचालन गर्न निर्देशन गरेको थियो । अधिकासं पालिकाले अहिले सम्मपनि अस्पताल सुरु गर्न सकेका छैनन् ।

आँबुखैरेनी गाउँपालिकाले सुरु गरेको अस्पतालमा अहिले दैनिक एक सयदेखि एक सय २० जना सम्मले सेवा लिईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट धनबहादुर क्षेत्रीले बताउनु भयो ।

‘ज्वरो, पखाला, दम, छालाको समस्या भएका बिरामी अहिले धेरै छन’ उहाँले भन्नु भयो ‘दिर्घरोग लागेकाहरुपनि बढ्दो क्रममा सेवा लिन आउनुभएको छ ।’ अस्पतालमा एक विषेशज्ञ सहित दुई जना मेडिकल अधिकृतले नियमित सेवा प्रदान गर्छन ।

बहिरङ सेवा, भिडियो एक्सरे, सुरक्षित गर्भपतन, २४ सै घण्टा ईमरजेन्सी सेवा, प्रशुती सेवा, बिरामी भर्ना र उपचार लगायतका सेवा अस्पतालले संचालन गर्दै आएको छ । अस्पतालमा अहिले ३० जना कार्यरत छन् । आँबुखैरेनी क्षेत्र, गोरखा नगरपालिका १३ र १४, शहीदलखन गाउँपालिकाको बक्राङ, मनकामना, इच्छाकामना गाउँपालिका, पालुङटार नगरपालिका लगायत ठाउँबाट बिरामी सेवा लिन अस्पताल आउने गरेका छन् ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट उक्त अस्पताल सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । अस्पताललाई थप बिस्तार गर्न संघ, प्रदेशबाटपनि सहयोगको अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले जनतामाझ आफूले चुनावको बेला गरेको वाचा अनुसार अस्पताल सन्चालन गरेको बताउनु भयो । सरकारी स्तरबाटै स्थानीयरुपमा अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिक उपचारका लागि महँगा निजी अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था हटेको उहाँले बताउनु भयो ।

गाउँपालिकाले अस्पताल संचालनमा ल्याएसँगै सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको उनले बताए ।गाउँपालिकाले डाक्टरसहितको मोबाइल टिम टोल टोलमा पुगेर जनताको स्वास्थ्य परीक्षण गर्नका निम्ति समेत योजना बनाएको अध्यक्ष चुमानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर