देवघाट अनलाइन
अन्जान परियार, घिरिङ । चैत १६
चैते दशैंको अबसरमा घिरिङ गाउँपालिकामा बृहत शुद्ध गाउँ तथा साविक वडा स्तरिय सिनियर पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । मिलनशिल युवा क्लबको आयोजनामा घिरिङ गाउँपालिका–१ बनटारमा भएको सो प्रतियोगिताको नेपाल खेलकुद महासंघका पुर्व केन्द्रिय सदस्य नरबहादुर थापाले उद्द्घाटन गरेका थिए ।



क्लबका अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी थापाले कार्यक्रममा बोल्दै युवाहरुको खेलप्रतिको आकर्षण बढ्दै गएकोले आगामी दिनमा खेलाडिको हितमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आर्थिक र भौतिक रुपमा गाउँपालिकाबाट खेलकुद क्षेत्रमा ब्यवस्थापनको लागि पहल गर्ने बताए ।
कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्षका स्वकीय सचिब राजकुमार थापा, राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य शेरबहादुर थापा, स्वास्थ्यकर्मी संघ तनहुँ जिल्ला अध्यक्ष पृतम थापा, समाजसेवी बुद्धिबल कुमाल र रनबहादुर कुमालले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन अनिल कुमालले गरेका थिए ।












