देवघाट अनलाइन
दमौली, चैत १६
गत चैत १२ गते बिहान म्याग्दे गाउँपालिका–४ मनहरी स्थित पिपलटार खानेपानी उपभोक्ता समुहको खानेपानी ट्याङ्की भित्र सडिगली दुर्गन्धित अवस्थामा फेला परेकी धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–४ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका–१२ अमरसिंह चोकमा डेरा गरी बस्दै आएकी ४४ बर्षिया शान्ती श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने ३५ बर्षिय प्रकाश सुनारलाई पक्राउ गरेको छ ।




सुनारलाई चैत १५ गते दिउँसो शुक्लागण्डकी नगरपालिका– १ थप्रेक पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले शान्तीको हत्या गरि खानेपानीको ट्याङ्की भित्र फालेको प्रहरीको भनाई छ । परियारले मृतक शान्ती श्रेष्ठको साथमा रहेका गरगहना लुटपाट गरी पोखरा महानगरपालिका–४ महेन्द्रपुलमा रजनी सुनचाँदी पसल बिक्री गरेको प्रहरीले जनाएको छ ।
ति गरगहनाहरुको स्वरुप परिबर्तन गरी राखिएको अवस्थाको ८० लाल सुन जस्तो देखिने ढिक्को सोही पसलमा फेला पारी बरामद गरीएको हुँदा उक्त पसल संचालक पोखरा महानगरपालिका–२ अर्चलबोटका ४० बर्षिय रबिन कुमार गहतराजलाई समेत पक्राउ गरि विहिबार तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ सात दिनको म्याद थपको अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्टले जानकारी दिएका छन् ।

घटनाको सम्बन्धमा अन्य विवरण थप अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले विहिबार पत्रकार सम्मेलन गरि पक्राउ परेका आरोपिलाई सार्वजानिक गरेको थियो ।












