देउराली नगरका २५ जना युवाहरु एमालेमा प्रवेश

Devghat Online

शेयर गरौ

दमौली । चेत १९

व्यास नपा–३ देउरालीनगरका २५ जना युवाहरु नेकपा एमालेका प्रवेश गरेका छन् । देउराली नगरका युवा इमानसिंह थापाको नेतृत्वमा विभिन्न पार्टीबाट युवाहरु आईतबार नेकपा एमाले जिल्ला कार्यालयमा आई पार्टी प्रवेश गरेका थिए ।

उनीहरुलाई एमाले स्थायी कमिटिका सदस्य किरण गुरुङ, केन्द्रिय सदस्य भगवती न्यौपाने, एमालेका उम्मेदबार सर्वेन्द्र खनाल लगायतले एमालेमा स्वागत गरेका थिए । एमाले जिल्ला कमिटि सदस्य तथा वडा नम्बर ३ का इन्चार्ज अनिल पाण्डेको पहलमा र संयोजनमा ति युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका उम्मेदबार सर्वेन्द्र खनालले तनहुँमा रोजगारीको अवसर सिर्जना गर्न, विकासको दृष्टिले तनहुँलाई उत्कृष्ट बनाउने उद्देश्यले तनहुँ क्षेत्र नम्बर १ मा चुनाब लड्न आएको बताए । उनले धेरै युवाले रोजगार पाउने योजनाहरु तनहुँमा ल्याउने प्रयत्न गर्ने र संसदमा संसदमा आम युवाको भावनाको प्रतिनिधित्व गर्ने बताए ।

खनालले आफु प्रहरी सेवामा हुदा पनि युवाहरुको हितमा लागेको बिकृती र बिसङ्गतीको बिरुद्ध युवाहरुलाई जोगाउने काम गरेको बताए । उनले युवाहरुको हितमा काम गर्न कै लागि आफुपनि एमालेमा प्रवेश गरेको भन्दै अब युवाहरुको सुरक्षा एमालेले गर्ने बताए । युवाहरु नेपालमै सुरक्षित छौं भन्ने अनुभुती दिलाउने गरि काम गर्ने खनालले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको