कारवाही फुकुवाको निर्णयप्रति जोशीको प्रतिक्रियाः चुनाबको मुखमा गरिएको मन्चन औचित्यहिन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १९

नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो कारवाही फुकुवा गर्ने पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको निर्णय प्रति असहमती जनाएका छन् । आईतबार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जोशी सहित चितवनका पुर्व सभापती विकास कोईरालाको कारवाही फुकुवा गर्ने निर्णय गरेको सार्वजानिक भएको थियो ।

आफुलाई गरिएको कारवाही फुकुवा भएको भनी सन्चारमाध्यममा प्रकाशित समाचार प्रति जोशीले असहमती जनाउँदै उक्त निर्णय चुनावको मुखमा गरिएको मन्चन मात्र भएको बताएका छन् । नेपाली काँग्रेसका पुर्व सहमहामहामन्त्री समेत रहेका जोशीले सामाजिक सन्जालमा आफ्नो धाराणा सार्वजानिक गर्र्दै ‘नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाह बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु । म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ भनेका छन् ।

जोशीले भनेका छन् ‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ । विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरुलाई जान्छ । १० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ ।’

जोशीले भनेका छन् । ‘यो समस्या समाधानका निम्ति पटक–पटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु । सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय