सहिदको सुचीको नाम सच्याउन निबेदन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा आफ्नो पतिको नाम फरक परेको भन्दै व्यास नपा–११ पोल्याङकी सिता कैनीले पतिको नाम सच्याउन निबेदन दिएकी छिन् । आफ्नो पति श्यामसुन्दर कैनीको नाम सहिदको सुचीमा भरत कैनी भएर प्रकाशित भएको हुँदा उक्त नाम सच्याई श्यामसुन्दर कैनी उल्लेख गर्न सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिएको कैनीले बताईन् ।

श्यामसुन्दर कैनीलाई २०५९ बैशाख १७ गते नेपाली सेनाको टोलीले घरबाट नियन्त्रणमा लिई व्यास नपा–१२ स्थित पृथ्वीराजमार्गको बाङ्गेसिमल भन्ने स्थानमा पु¥याई गोली हानी हत्या गरेको थियो । सरकारले हालै द्वन्द्वकालमा मारिएका ८ हजार ४७० जनालाई सहिदको सुचिमा राख्दै उनीहरुको नाम राजपत्रमा प्रकाशित गरिएको थियो । सहिदको सुचीमा गलत नाम परेपछि भविष्यमा राज्यले दिने विभिन्न सुविधाबाट बन्चित हुने भएको कारण नाम सच्याउन निबेदन दिएको कैनीले बताईन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वडा कार्यालयको सिफारिस सहित सहिदको सुचिको नाम सच्याउन निबेदन आएको हुँदा आफुले प्रमाणित गरेर गृहमन्त्रालयमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय