मेरो प्रतिश्पर्धा एमालेको उम्मेदबारसँग हुन्छः भट्टराई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २०

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले आफ्नो प्रतिश्पर्धा नेकपा एमालेका उम्मेदबारसँग हुने बताएका छन् । मंगलबार बिहान दमौलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले एमालेका उम्मेदबारसँग आफ्नो प्रतिश्पर्धा हुने बताएका हुन् ।

भट्टराईले जिल्लामा अहिलेसम्म विकासको केही काम नगरेको, केही योगदान नदिएको, यहाँका जनताको सुख दुखमा कुनै सहयात्रा नगरेको व्यक्तिले यहाँका मतदाताको मन जित्न नसक्ने भन्दै आफुले तनहुँ क्षेत्र नम्बर १ मा खानेपानीको क्षेत्रमा ६० भन्दा बढि योजनाहरु ल्याएको बताए । तनहुँका जनताको भावना आफुले मात्र बुझेको भन्दै भट्टराईले मतदाताले पनि निर्वाचनमा त्यही भावना प्रकट गर्ने विश्वास गरे ।

आफु राष्ट्रपती रामचन्द्र पौडेलको राजनीतिक उत्तराधिकारी रहेको भन्दै भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनले त्यही उत्तराधिकारीलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको