पाहुना आउँछन् जान्छन्, यहाँको विकास गर्नेलाई मत दिनुस्ः भट्टराई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१

नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए । यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु छाडेर जाने भए पनि आफू भने यहीं विकासमा लागि पर्ने भन्दै आफूलाई मत दिन आग्रह गरे ।

कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ? आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको उनले सुनाए । भट्टराई आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने भन्दै भने, ‘म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।’

डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेताहरु रामचन्द्र अधिकारी, रेशम गुरुङ लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले