सर्वेन्द्र खनालः ललिता निवास जग्गा हिनामिना छानविन प्रकरणका कमान्डर

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२
तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेदबार बनेका सर्वेन्द्र खनाल अहिले राष्ट्रिय रुपमा चर्चामा छन् । खनालको उम्मेदबारीले तनहुँको निर्वाचन पनि चर्चामा छ । लामो समय नेपाल प्रहरीको महानिरिक्षकको रुपमा प्रहरी संगठनको नेतृत्व गरेका खनालकै कार्यकालमा नेपाल प्रहरी लगातार दुई वर्ष उत्कृष्ट संगठनको रुपमा पुरस्कृत भएको थियो ।

प्रहरी महानिरिक्षकको रुपमा उत्कृष्ट छवि निर्माण गरेका खनालले तनहुँमा उम्मेदबारी दिएपछि उनको कार्यकालमा प्रहरीले गरेका राम्रा कामहरु तनहुँका मतदाताले स्मरण गर्न थालेका छन् । त्यसमध्ये बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणको प्रहरी अनुसन्धान पनि मुख्य हो ।

काठमाण्डौ बालुवाटार स्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता भएको घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान पुरा गरि गृहमन्त्रालयलाई आफ्नो प्रतिबेदन बुझाएको थियो । २०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको सो सरकारी जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री हुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य र प्रमाण रहेको प्रहरीको अनुसन्धान प्रतिबेदन थियो ।

सो सरकारी जग्गा हिनामिनाको घटनाको छानविन र अनुसन्धानको मुख्य कमान्डर तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल थिए । तत्कालिन प्रहरी महानिरीक्षक खनालको कमान्डमा केन्द्रिय अनुन्धान व्युरोले उक्त सरकारी जग्गा हिनामिनाको विस्तृत अनुसन्धान गरेको थियो । सेटिङमा हडपिएको सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई जिम्मा दिएको थियो । उक्त छानविन समिति २०७५ असार १५ गते गठन भई समितिले सोही वर्षको मंसिर २६ गते नेपाल सरकार समक्ष प्रतिबेदन बुझाएको थियो ।

उक्त ललिता निवास प्रकरणको छानविन प्रतिबेदन उपलब्ध गराउने सम्बन्धमा उक्त प्रकरण ठगि तथा लिखित सम्बन्धी कसुरमा मुद्धा दर्ता भई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोमा अनुसन्धानको क्रममा रहेको छ । सो समयमा नेपाल प्रहरीको महानिरिक्षक सर्वेन्द्र खनाल रहेका थिए । तत्कालिन महानिरिक्षक खनालले कुनै राजनीतिक दवाव र प्रभावमा नपरी उक्त जग्गा हिनामिनाको विस्तृत अनुसन्धान पुरा गरेका थिए । जुन प्रतिबेदनको आधारमा प्रहरीले दोषीहरुलाई मुद्धा चलाउने तयारी गरेको थियो ।

मंगलबार दमौलीमा आयोजित कार्यकर्ता भेटघाटको क्रममा खनालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरेपछि नै आफुमाथि षड्यन्त्र भएको बताए । उक्त जग्गा हिनामिनाको मुद्धा अदालतमा दर्ता गर्न पाएको भए ललिता निवासका दोषीहरु अहिले जेलमा हुने खनालले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रहरी महानिरिक्षकले कुनै पनि राजनीतिक दवाव र प्रभावमा परेर काम गर्नु नपरेको खनालले बताए । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको