भट्टराईले भेटे माधव नेपाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

उपनिर्वाचनको लागि तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मदबार गोविन्द भट्टराईले नेकपा एकिकृत समाजबादीका नेता माधव नेपाललाई भेट गरेका छन् । बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगि भट्टराईले भेट गरेका हुन् ।

भट्टराई सत्ता गठबन्धनको तर्फबाट तनहुुँ क्षेत्र नम्बर १ को उम्मेदबार बनेको हुँदा गठबन्धनमा रहेको नेकपा एकिकृत समाजबादीको सहयोगको लागि अनुरोध गर्न नेपाल निवास पुगेका थिए । भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीको सहयोग भट्टराईलाई हुने आश्वासन दिएको बताईएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि रिक्त भएको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनमा काँग्रेसबाट भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विच नै मुख्य प्रतिश्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको