उपनिर्वाचनमा सबैभन्दा धेरै मतदाता भानु नगरपालिकामा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सबैभन्दा धेरै मतदाता भानु नगरपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८० बैशाख ९ गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरु भानु नगरपालिकामा ४० हजार ८४४ रहेका छन् । त्यसैगरि व्यास नगरपालिकामा ४० हजार ४४९ जना मतदाता रहेका छन् । व्यासको वडा नम्बर ५ र ६ क्षेत्र नम्बर २ मा पर्छ ।

त्यस्तै बन्दिपुर गाउँपालिकामा १५ हजार ६७८, आवूँखैरेनी गाउँपालिकामा १३ हजार ६२२ र देवघाट गाउँपालिकामा १२ हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

तनहुँ क्षेत्र नम्बर १ का ४२ वटा वडामा ६९ मतदान स्थल र १५२ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै मतदान केन्द्र पनि भानुमा रहेको छ । भानुमा २१ मतदान स्थल र ५० मतदान केन्द्र, व्यासमा २० मतदान स्थल र ४८ केन्द्र, बन्दिपुरमा ११ मतदान स्थल र २२ केन्द्र, आवुँखैरेनीमा ९ मतदान स्थल र १९ केन्द्र तथा देवघाटमा ८ मतदान स्थलमा १५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले