बन्दिपुरका विभिन्न टोलमा एमाले उम्मेदबार खनालको मतदातासँग भेटघाट (फोटो सहित)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २३

नेकपा एमालेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल विहिबार बन्दिपुर गाउँपालिकाका विभिन्न वडा र टोलमा मतदातालाई भेटघाट गर्न पुगेका छन् । नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको विस्तारित बैठकलाई सम्बोधन गर्न पुगेका खनालले बन्दिपुर बजारका मतदातासँग पनि भेट गरेका थिए ।

सो अवसरमा खनालले बन्दिपुरलाई देशमा मात्र नभई अन्तराष्ट्रिय स्तरसम्म प्रमुख पर्यटकीय गन्तव्य बनाउन आफुले पहल गर्ने बताए । बन्दिपुरको खानेपानीको समस्या समाधानकोलागि पनि पहल गर्ने उनको भनाई थियो ।

राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । पर्यटनलाई देशको समृद्धीको मुख्य आधार बनाउने गरि नीति निर्माण गर्ने खनालले बताए ।

सो अवसरमा खनालले आफु भाषणमा भन्दा काममा विश्वास गर्ने भएको हुँदा जनताले विश्वास गरे काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

मतदातासँग भेटघाटमा खनालले सिप, शिक्षा र अवसर विभेदरहित समाज निर्माणको आधारहरु भएको हुँदा त्यस्तै विभेदरहित समाज सुख र समृद्धिको कल्पना आफुले गरेको बताए ।

सो अवसरमा खनाललाई बन्दिपुरबासीहरुले शुभकामना दिएका थिए ।

सो क्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्यहरु घनश्याम देवान र इन्द्र कुँवर, नेकपा एमाले बन्दिपुर गाउँ कमिटिका अध्यक्ष सुरेन्द्र थापा, नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु शान्ति कुँवर, सविना मल्ल, भगवान श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध