निर्वाचन आचार संहिताको उल्लंघन गर्दै चुनाव प्रचार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै चुनाव प्रचार प्रसार गरेका छन् । गत चैत २४ गतेबाट लागु भएको निर्वाचन आचार संहितामा उम्मेदवार र दलको चुनाव चिन्ह भएको लोगो वा लकेट लगाउन नपाइने उल्लेख भएपनि वाग्लेले आफ्नो चुनाव चिन्ह घन्टी अंकित लोगो लगाएर चुनाव प्रचारमा हिडेका छन् ।

निर्वाचन आचार संहिताको परिच्छेद ४ को १३ नम्बर बुँदाको (घ) नम्बरमा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदबारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो, स्टिकर वा लकेट समेत लगाउन नपाईने स्पष्ट व्यवस्था छ । तर वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा हिड्ने अधिकांशले सो पार्टीको चुनाव चिन्ह अङ्कित लकेट लगाएर हिडेका छन् । जुन बाहिरबाट प्रष्टसँग देख्न सकिन्छ ।

केही दिन अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष विकास सिग्देलले लकेट लगाएर हिड्ने कार्यले आचार संहिताको उल्लंघन हुने भएकोले अव देखी उक्त लकेट नलगाईकन चुनाव प्रचार प्रसार गर्ने बताएका थिए । तर सिग्देलको प्रतिबद्धता कार्यान्वयन भएको छैन ।

तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबै पक्षले निर्वाचन आचार संहिताको पालना गर्नु पर्ने बताए । ‘निर्वाचन आचार संहिता कानुनी र नैतिक बन्धन हो, यो सबैले पालना गर्नु पर्छ’ आचार्यले भने ‘निर्वाचन आचार संहिताको पालना नगर्दा कारवाही भएमा सम्बन्धित पक्ष आफै जिम्मेबार बन्नु पर्छ ।’ निर्वाचन आचार संहिताको पुर्ण पालना भएमा मात्र निर्वाचनको विश्वसनियता हुने भएकोले सबैले यस प्रति गम्भिर बन्नु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल