बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

पृथ्वीराजमार्ग स्थित आवुँखैरेनी गाउँपालिका–४ पावरहाउसमा सोमबार दिउँसो बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मुग्लिङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९४०२ नम्बरको बसले बिपरीत दिशाबाट जादै गरेको ग २२ प ९८२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लम्जुङ जिल्ला दुधपोखरी गाउँपालिका–५ का ३० बर्षिय सन्तोष गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । सो दुर्घटनामा मोटसाईकलमा सवार भएका सोही ठाउँका ३५ बर्षिय भिमसेन गुरुङ सख्त घाईते भएका छन् । घाईते गुरुङको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले