एमालेका खनालको चुनावी कमान्डर न्यौपानेको वडामा घन्टीलाई फराकिलो अग्रता

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालको चुनावी कमान्ड रहेकी नेकपा एमालेकी केन्द्रिय सदस्य भगवती न्यौपानेको वडा भानु नपा–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले निकै फराकिलो अग्रता बनाएका छन् ।

सोमबार बिहान सकिएको उक्त वडाको मतगणनामा वाग्लेले अन्य उम्मेदबार भन्दा निकै फराकिलो अग्रता बनाएका हुन् ।

सो वडामा नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले ४३७ मत मात्रै पाएका थिए भने रास्वपाका स्वर्णिम वाग्लेले ८५६ मत पाए । त्यस्तै नेपाली काँग्रेसका गोविन्द भट्टराईले ४५८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर