दमौली, बैशाख ११
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा उपनिर्वाचनका कमान्डर शंकर भण्डारीको वडा भानु नपा–९ मा रास्वपाका उम्मेदबार स्वर्णिम वाग्लेले काँग्रेस उम्मेदबार भन्दा दोब्बर मत पाएका छन् ।
सो वडामा नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले ४५६ मत मात्रै पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले ८१४ मत पाए । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ३८६ मत पाएका छन् ।