बन्दिपुरको दुई वटा वडामा गणना सकिँदा घन्टीको अग्रता

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

बन्दिपुर गाउँपालिकाको २ वटा वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेको अग्रता कायम नै रहेको छ ।
पछिल्लो पटक सार्वजानिक भएको वडा नम्बर १ र २ को अन्तिम मतगणनामा घन्टीबाहक उम्मेदबार वाग्लेको फराकिलो अग्रता देखिएको छ ।

मत परिणाम अनुसार बन्दीपुरको वडा नम्बर १ मा खसेको २१२९ मध्ये रास्वपाका वाग्लेले ११३० मत पाए । त्यस्तै नेपाली काँग्रेसका गोविन्द भट्टराईले ६५२ मत र एमालेका सर्वेन्द्र खनाल ३१५ मत पाएका छन् ।

त्यस्तै गरि वडा नम्बर २ मा भने काँग्रेसका उम्मेदबार भट्टराई झिनो मत अन्तरले अगाडी छन् । उक्त वडामा खसेको १३८३ मत मध्ये भट्टराईले ५८६ मत पाएका छन् । त्यस्तै रास्वपाका वाग्लेले ५५९ र एमालेका खनालले २०१ मत पाएका छन् ।

बन्दिपुरको वडा नम्बर २ काँग्रेस महाधिवेशन प्रतिनिधि रेशम गुरुङको वडा हो । गुरुङले पार्टीलाई जिताउन रातदिन गरेको मेहनेतको कारण सबैभन्दा धेरै मत प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने