तनहुँ १ मा स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।

सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।

तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ५ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ र २ को मत गणना भईसकेको छ । मतगणना भएको व्यासको दुई वटै वडामा पनि रास्वपाका वाग्लेले अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न