काँग्रेस र एमालेको चुनावी कमारन्डरहरु रहेको भानुमा रास्वपाका वाग्लेको फराकिलो जित

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

उपनिर्वाचन अन्तर्गत तनहूँ क्षेत्र नम्बर १ को भानु नगरपालिकाको मतगणना सकिँदा रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका चुनावी कमान्डरहरु रहेको भानु नगरपालिकामा रास्वपाले फराकिलो जित निकालेको हो । नेपाली काँग्रेसका चुनावी कमान्डर शंकर भण्डारी र नेकपा एमालेका चुनावी कमान्डर भगवती न्यौपाने दुबै भानु नगरपालिकाका हुन् । उनीहरु दुबै आ आफ्नो पार्टीका केन्द्रिय सदस्य हुन् । भण्डारीको ९ नम्बर र न्यौपानेको ८ नम्बर वडामा उनीहरुको पार्टीको मत निकै कमजोर भएको छ ।

भानु नगरपालिकाको १३ वटै वडाको मतगणना सकिँदा वाग्लेले फराकिलो अग्रता सहितको जित निकालेका हुन् । भानु नगरपालिकाबाट वाग्लेले १०९९३ मत पाए । दोश्रो हुने नेपाली काँग्रेसका गोविन्द भट्टराईले ६१८२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ३३७६ मत पाए ।
वडागत मतपरिणाम अनुसार भानुको वडा नम्बर १ बाट रास्वपाका वाग्लेले १०४४, नेपाली काँग्रेसका भट्टराईले ३८९ र एमालेका खनालले १७५ मत पाए । त्यस्तै वडा नम्बर २ बाट रास्वपाका वाग्लेले ८२३, नेपाली काँग्रेसका भट्टराईले ३८९ र एमालेका खनालले १६६ मत पाए । त्यस्तै वडा नम्बर ३ बाट रास्वपाका वाग्लेले ७१६, नेपाली काँग्रेसका भट्टराईले ४१८ र एमालेका खनालले ३५१ मत पाए । त्यस्तै वडा नम्बर ४ बाट रास्वपाका वाग्लेले ७५९, नेपाली काँग्रेसका भट्टराईले ४८३ र एमालेका खनालले ३९४ मत पाए ।

यसैगरि वडा नम्बर ५ बाट रास्वपाका वाग्लेले ७७६, नेपाली काँग्रेसका भट्टराईले ५३१ र एमालेका खनालले २३७ मत पाए । यस्तै वडा नम्बर ६ बाट रास्वपाका वाग्लेले ६८४, नेपाली काँग्रेसका भट्टराईले ५४९ र एमालेका खनालले १७७ मत पाए । यस्तै वडा नम्बर ७ बाट रास्वपाका वाग्लेले ६५५, नेपाली काँग्रेसका भट्टराईले ३१२ र एमालेका खनालले २७० मत पाए । यसैगरि वडा नम्बर ८ बाट रास्वपाका वाग्लेले ८५६, नेपाली काँग्रेसका भट्टराईले ४५८ र एमालेका खनालले ४३० मत पाए । यस्तै वडा नम्बर ९ बाट रास्वपाका वाग्लेले ८१४, नेपाली काँग्रेसका भट्टराईले ४५६ र एमालेका खनालले ३८६ मत पाए ।

यसैगरि वडा नम्बर १० बाट रास्वपाका वाग्लेले ८४६, नेपाली काँग्रेसका भट्टराईले ५५१ र एमालेका खनालले ३२९ मत पाए । यसैगरि वडा नम्बर ११ बाट रास्वपाका वाग्लेले १२०२, नेपाली काँग्रेसका भट्टराईले ५९३ र एमालेका खनालले १८३ मत पाए । यसैगरि वडा नम्बर १२ बाट रास्वपाका वाग्लेले ८६०, नेपाली काँग्रेसका भट्टराईले ५८८ र एमालेका खनालले १८७ मत पाए भने वडा नम्बर १३ बाट रास्वपाका वाग्लेले ८८८, नेपाली काँग्रेसका भट्टराईले ४६५ र एमालेका खनालले ८४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर