काँग्रेसको गढमा घन्टीको धावा

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

नेपाली काँग्रेसको गढको रुपमा लिईने व्यास नगरपालिकामा रास्वपाले धावा बोलेको छ । नेपाली काँग्रेसले निकै आशा गरेको व्यास नगरपालिकामा पनि नेपाली काँग्रेसले निकै कमजोर प्रदर्शन गरेको छ ।

सोमबार साँझबाट सुरु भएको व्यास नगरपालिकाको विभिन्न वडाको मतगणनामा रास्वपाका उम्मेदबार डा.स्वर्णिम वाग्ले अन्य उम्मेदबार भन्दा निकै फराकिलो अन्तरमा अगाडी छन् ।

नेपाली काँग्रेसको सबैभन्दा बलियो किल्लाको रुपमा मानिएको वडा नम्बर १ मा रास्वापाका वाग्लेले १९१७ मत पाएका छन् । सो वडामा नेपाली काँग्रेस ८५० मतमा समेटिएको छ भने एमालेको १२६ मत मात्रै आएको छ ।

त्यसैगरि व्यास नगरपालिका–२ मा रास्वपाका वाग्लेले १०७४ मत ल्याउदा नेपाली काँग्रेसका भट्टराईले ५५० र एमालेका खनालले ७१ मत पाएका छन् । व्यासको अन्य वडाको गणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो