देवघाटका मतदाता माझ सांसद वाग्लेले भनेः देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछु

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १३

तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । सांसदमा निर्वाचित भएपछि बुधबार देवघाटका मतदातालाई धन्यवाद दिन देवघाट आएका सांसद वाग्लेले देवघाटलाई देशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाई देश तथा बिदेशबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने गरि काम गर्ने बताए ।

धार्मिक आस्थालाई आर्थिक समृद्धीसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मुलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए ।

सो अवसरमा सांसद वाग्लेलाई देवघाटका धार्मिक प्रतिष्ठान, विभिन्न संघ संस्था तथा सर्वसाधरणहरुले भव्य स्वागत तथा बधाई दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्री लगायतका नेताहरुले सांसद वाग्ले समक्ष देवघाटका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४