एमाले जिल्ला कमिटिको बैठक आईतबार

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १४

नेकपा एमाले जिल्ला कमिटिको बैठक आगामी बैशाख १७ गते आईतबार दमौलीमा बस्ने भएको छ । जिल्ला कमिटिका सचिव राजेश्वर ढकालले बैठकमा पार्टीले सन्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको समिक्षा हुने बताए ।

हालै सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेले प्राप्त गरेको मत परिणामको विषय पनि बैठकमा समिक्षा हुने बताईएको छ ।

सचिव ढकालले बैठकमा उपस्थित हुँदा सबै जिल्ला कमिटिका सदस्यहरुले मिसन ग्रासरुट अभियानमा आफुलाई प्राप्त जिम्मेबारीको प्रतिबेदन सहित उपस्थित हुन जानकारी गराईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी