कारागारका बालिकालाई स्टेशनरी र पोशाक प्रदान

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १४

तनहुँ कारागाममा रहेका २ जना बालिकालाई स्टेशनरी र पोशाक तथा फलफुल उपलब्ध गराईएको छ । विहिबार इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र महिला मानवअधिकार रक्षक सन्जालकी उपाध्यक्ष बसुन्धरा घर्ती र सदस्य मन्जु न्यौपानेले कारागारका निमित्त प्रमुख नारायण अधिकारी मार्फत उक्त सामाग्री ति बालिकाहरुलाई उपलब्ध गराएका थिए ।

विभिन्न मुद्धामा आमा कारागारा थुनामा परेपछि ३.५ बर्ष र १ बर्षकी दुई जना बालिका आमासँगै कारागारमा बस्न बाध्य भएका छन् । ति मध्ये ३.५ बर्षकी बालिका विद्यालय जाने उमेरकी भएको हुँदा उनलाई पढ्ने बानीको विकास गर्न स्टेशनरी उपलब्ध गराईएको महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी उपाध्यक्ष घर्तीले बताईन् ।

कारागारका निमित्त प्रमुख अधिकारीले बालिकाहरुलाई स्टेशनरी र पोशाक उपलब्ध गारएकोमा इन्सेक र महिला मानवअधिकार रक्षक सन्जाललाई धन्यवाद दिए । उनले अव उक्त बालिकालाई कारागार भित्र पढाउने वातावरण बनाउने बताए । बालिकालाई स्टेशनरी विद्यार्थी पुस्तक पसल व्यास २ का प्रोपाईटर ताराराम श्रेष्ठले र पोशाक स्मार्ट बेबील्याण्ड व्यास २ का प्रोपाईटर रमेश श्रेष्ठले उपलब्ध गराएका थिए ।

गत महिना इन्सेकको नेतृत्वमा मानवअधिकारकर्मी र पत्रकारहरुले कारागारको अनुगमन गरेका थिए । सो क्रममा कारागारमा आमासँग रहेका बालबालिकालाई अध्ययन गर्ने सामाग्रीको अभाव भएको भन्ने बारेमा गुनासो आएको थियो । सोही गुनासोपछि विहिबार बाालिकाहरुलाई स्टेशनरी र पोशाक उपलब्ध गराईएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो